दफा १०
मौकामा व्यक्त गरेको कुरा
(१) कुनैकाम घटना वा अवस्थाका सम्वन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः
(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रूपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा
(ख) सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति ।
(२) कुनै व्यक्तिले निजको शारीरिक वा मानसिक अवस्था स्पष्टरूपमा बोध हुने गरी त्यस्तो अवस्था कायम छँदै व्यक्त गरेको कुरा प्रमाणमा लिनहुन्छ ।